चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनैपनि ठाउँमा समस्या छैन -कुलमान घिसिङ

चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनैपनि ठाउँमा समस्या छैन -कुलमान घिसिङ


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन् । 

बिहीवार दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलंकी–बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छाेन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् । उनले कलंकी बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिन भित्रमा हटाइसक्ने बता । 

उनले विद्युत प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या नरहेको स्पष्ट पारे ।  

त्यस्तै  काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ बिस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा शुरु हुन लागेको बताइन् । उनले जसअन्तर्गत रहेका करिव तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोलहरु मात्रै रहेकाले सडक बिस्तारका लागि कुनै समस्या नभएको बताइन् । सडक छेउमा रहेका १९ वटा मन्दिरहरुमा गोंगबुमा रहेको मन्दिर बाहेक अन्य सबै मन्दिरहरु स्थानान्तरण गरिसकेको पनि उनले बताइन् ।  

उनले दोस्रो चरणमा चक्रपथ बिस्तार कलंकीदेखि बसुन्धारासम्म मात्रै रहेको बताइन् । 

दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत आज बिहान मन्त्री श्रेष्ठसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगायतले सडक अनुगमन एवं निरीक्षण गरेका थिए । 

Logo