कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन


कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

बैंकको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर माघ २६ गतेदेखि लिलामी बिक्री खुला गरेको हो ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी तथा व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउने छन । उक्त सेयरमा न्यूनतम १३८ रुपैयाँ तोकिएको भए पनि सेयर खरिद गर्न इच्छुकहरुले सो भन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ । 

सो सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि लगानीकर्ताले  आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।  कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

Logo