नेकपा एमाले सचिवालय बैठक बस्दै

नेकपा एमाले सचिवालय बैठक बस्दै


राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरु बिच रस्सा कस्सी चलिरहेको बेला नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने एजेन्डालाई प्राथमिकता राखेर छलफल गर्नेछ ।

बुधवार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो । 

Logo