सप्तरीका चार घरमा आगलागी, २५ लाखको क्षति

सप्तरीका चार घरमा आगलागी, २५ लाखको क्षति


सप्तरीको बोदेबर्साईन नगरपालिका–१० खडकपुरमा बिहीबार आगलागी हुदाँ २५ लाख बराबरको क्षति भएको छ ।

स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घरमा आगलागी हुदाँ चारवटा घर जलेर नष्ट भएको छ । आगलागीमा परी पालानु यादवले छोरीको बिबाहका लागि जोहो गरेर राखेको ५ लाख रुपैयाँसहित गरगहना, मोबाइल, टेलिभिजन, लत्ताकपडा अन्नपात, भाँडाकुँडा, फर्निचरका सामान जलेर नष्ट भएको छ ।

छोरीको विबाहका लागि किनमेल गर्न बजार गएको समयमा दिउँसो २ बजे आगलागी हुँदा घरमा भएको सम्पुर्ण सामान जलेर खरानी भएको पिडित यादवले बताए । आगलागीमा छिमेकी गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएको हो । आगलागीमा ३ वटा बाख्रासमेत जलेको स्थानीयक‍ो भनाइ  छ ।

राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बरुणयन्त्र,स्थानीयबासी र प्रहरीको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा आएको स्थानीयले जनाएको छ । आगलागीको कारणबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Logo