सन्दीप लामिछानेको निवेदन न्यायाधीश खतिवडाको इजलासमा

सन्दीप लामिछानेको निवेदन न्यायाधीश खतिवडाको इजलासमा


क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।

नाबालिग बलात्कारको कसुरमा धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले विदेश जान भने प्रतिबन्ध लगाएपछि सन्दीपले दिएको निवेदनमा शुक्रबार सुनुवाईको पेसी तोकिएको हो । तर, खतिवडाको एकल इजलासमा साे पेसी अन्तिममा छ। आजै हेर्न भ्याइने/नभ्याइने टुंगो छैन।

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजकाे युएई भ्रमणका लागि आईसीसीलाई १५ सदस्य टोली पठाउने घोषणा गर्दा सन्दीप छुटेका छन् । बलात्कार आरोप लागेका स्पिनर सन्दीपलाई धरौटीमा रिहा गर्दा उच्च अदालत पाटनले विदेश जान भने रोक लगाएको थियो । त्यसकारण पनि उनी टोलीमा नपरेका हुन् । त्यसपछि उनले बिहीबार सर्वोच्चमा निवेदन दिएका थिए। 

६ महिनापछि घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले उत्कृष्ट कमव्याक गरेका थिए । सिरिजमा नेपालले ‘क्लीन स्विप’ गरेको थियो । जसमा बलिङतर्फ सन्दीप नायक बनेका थिए ।

Logo