श्रीमतीको हत्या आराेपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या आराेपमा श्रीमान् पक्राउ


आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घाँस काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Logo