आलंकारिक राष्ट्रपतिलाई कार्यकारीको रुपमा प्रयोग गर्न खोजियाे -चित्रबहादुर केसी

आलंकारिक राष्ट्रपतिलाई कार्यकारीको रुपमा प्रयोग गर्न खोजियाे -चित्रबहादुर केसी


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताएका छन् । 

शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको पद आलंकारिक भएपनि कार्यकारी राष्ट्रपतिको रुपमा प्रयोग गर्न खोजिएको बताएका हुन् । उनले राष्ट्रपतिको पदलाई सक्रिय बनाउन खोज्नुले जनतामाझ नराम्रो सन्देश गएको बताए । 

उनले दलहरुले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेसँगै शक्ति राष्ट्रहरुको पनि दौडधुप बढेको बताए । शक्ति राष्ट्रहरुको बढ्दो आवत-जावतले राजनीतिक पार्टीहरुको स्तर पनि गुमेको उनको भनाई थियो ।  

अध्यक्ष केसीले नेपाली काँग्रेससहितको पुरानो पाँचदलिय गठबन्धन बन्न लागेको बताए । उनले नयाँ सरकार बनेपनि राष्ट्रिय जनमोर्चाको नीति सरकारमा जाने नरहेको स्पष्ट पारे । 

Logo