राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै, कांग्रेस उम्मेदवारलाई ८ दलले समर्थन गर्ने

राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै, कांग्रेस उम्मेदवारलाई ८ दलले समर्थन गर्ने


राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगले फागुन २५ गते हुने निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवार मनोनयनको समय तोकिएको छ । जसअनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ । मनोनयन दर्ताको अघिल्लो दिन शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन् । यता, राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

Logo