प्रेमप्रसादको आत्मदाहको कारण मानसिक समस्या -मनोचिकित्सक

प्रेमप्रसादको आत्मदाहको कारण मानसिक समस्या -मनोचिकित्सक


नयाँं बानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्राेल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्युनीकरण विषयमा सरोकारवालाहरुसँंग गरेको छलफलमा मनोचिकित्सक डा दुर्गा थापाले यदी समयमै त्यसको उपचार गरेको भए, त्यो अवस्था नआउने बताइन् । 'त्यसकारण मानसिक रोगलाई बेवास्ता गर्न मिल्दैन, उनले भनिन्, 'मानसिक रोग उपचार गरे निको हुन्छ ।' 

शारीरिक रोग जस्तै मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रूपमा लिनुपर्ने मनोचिकित्सक थापाले बताइन् । 'औषधिको सेवन, मनोपरामर्श तथा पुनर्स्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ,' उनले भनिन्, 'मानसिक रोग, आत्महत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।'

Logo