प्रधानमन्त्री प्रचण्डलाई ओलीले दिए बिरालोको संज्ञा

प्रधानमन्त्री प्रचण्डलाई ओलीले दिए बिरालोको संज्ञा


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् । 

आइतबार शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने- ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’

साथै उनले प्रचण्डलाई बिरालोसँग तुलना गर्दै ठूलो कचौरामा दूध र भात दिएपछि छिमेकीको मा जानु ठूलो कुरा नभएको टिप्पणी गरेका छन् । ‘ठुलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु अनौठो होइन, के के छन् शर्त भन्ने थाहा छैन । पछि थाहा हुँदै जाला’ उनले भने । पिलो निचोर्दैमा ओजन नघट्ने उनको भनाई थियो । 

अध्यक्ष ओलीले प्रचण्डलाई आफूसँग बस्न गाह्रो भएको स्विकार्दै भने- ‘हरियो देख्नै नहुने दाम्लो छिनाउन खोजेर जान खोज्ने मैले रोक्दिने अनि तान्दिएपछि गाह्रै भएको थियो । मलाई थाहा थियो । उहाँ टिक्न सक्नुहुन्न । मसँग काम गर्दा काले-काले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ हुन्छ त्यहाँ जानु ।’ 

Logo