पलास्टिक सर्जरी गरेर लागुऔषध व्यापार गर्ने पक्राउ

पलास्टिक सर्जरी गरेर लागुऔषध व्यापार गर्ने पक्राउ


थाइल्यान्डका एक लागुऔषध व्यापारीले प्रहरीबाट जोगिन प्लास्टिक सर्जरी गरेको खुलेको छ ।

यसै साता बैंककबाट पक्राउ परेपछि उनले पलास्टिक सर्जरी गरेर अपराध लुकाउन खोजेको रहस्य खुलेको हो । न्यज स्काई डटकमका अनुसार आफनो अपराधको दुनियाँ लुकाउनका लागि ‘कोरियाली व्यक्तिजस्तो’ मात्रै बनेनन्, थाइल्याडको नाम सहारत सवाङजेङले नाम पनि बदलेर कोरियालीमा सेआङ जिमिन राखेका थिए ।

पलास्टिक सर्जरी गरेर रुप बदलेका २५ बर्षिया उनलाई थाइल्याण्ड प्रहरीले तीन महिनादेखि खोजिरहेको थियो । उनले बेचेको लागुऔषध पिछा गर्दै जाँदा उनी बैंककमा पक्राउ गरेका परेका हुन् । उनको बारेमा जानकारी दिनेहरुले उनलाई ‘सुन्दर कोरियाली युवा’ भन्ने गरेका थिए ।

प्रहरीका अनुसार पक्राउ पर्दा उनले आफू थाइल्यान्डमा बस्न दिक्क लागेर कोरियामा नयाँ जीवन सुरु गर्न चाहेको बताएका छन् । थाईल्याण्ड प्रहरीका अनुसार उनी यसअघि तीन पटक गरी तीन वर्ष जेल बसिसके थिए भने पछिल्लो पटक हिरासतबाट भागे पछि प्लास्टिक सर्जरी गरेर लागु औषधको व्यापार गरिरहेका थिए । 

Logo