सिद्धार्थ र प्रिमियर इन्स्याेरेन्स बुधबारबाट एकीकृत कारोबार

सिद्धार्थ र प्रिमियर इन्स्याेरेन्स बुधबारबाट एकीकृत कारोबार


सिद्धार्थ र प्रिमियर इन्स्याेरेन्स एक आपसमा बुधबार मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सको नामबाट एकीकृत कारोबार गर्ने छन् । बुधबारबाट एकीकृत कारोबार सुरु हुने भएकोले गर्दा दुवै कम्पनीको कारोबार रोक्का भएको छ । 

यसैगरी, सिद्धार्थ र प्रिमियर इन्सुरेन्स कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो । 

मर्ज हुनका लागि बिमा प्राधिकरणले सिद्धार्थ र प्रिमियरलाई (१ः१) सेयर अनुपातमा स्वीकृति दिए सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो । यता, हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ ।

Logo