नारायणीमा हाम फालेका युवकको १ किमी तलबाट जीवितै उद्धार

नारायणीमा हाम फालेका युवकको १ किमी तलबाट जीवितै उद्धार


भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवकको उद्धार भएको छ ।

खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फालेपछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिवितै उद्धार गरेको हो ।

हाम फालेको जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट महतोलाई जीवितै उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धार पश्चात् उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको थियो । 

Skip This
Logo