भृकुटीमण्डप जग्गा लिज प्रकरणः पूर्वमन्त्री गुरुङसहित ‍९ जना भ्रष्टाचार मुद्दामा दाेषी ठहर

भृकुटीमण्डप जग्गा लिज प्रकरणः पूर्वमन्त्री गुरुङसहित ‍९ जना भ्रष्टाचार मुद्दामा दाेषी ठहर


विशेष अदालतले पूर्वमन्त्रीद्धय टेकबहादुर गुरुङ र बद्रीप्रसाद न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता न्यौपानेलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको हो ।

भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्नका लागि सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले आज दोषी ठहर गरेको हो ।

Logo