आफ्नै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

आफ्नै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा एक जना पक्राउ


प्रहरीले आफ्नै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा बस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो । पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए । मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी वृत थिमि भक्तपुरमा राखिएको छ ।  

Logo