कांग्रेस र एमाले दुबै प्रतिपक्षको कुर्सीमा

कांग्रेस र एमाले दुबै प्रतिपक्षको कुर्सीमा


प्रतिनिधसभा सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुबै प्रतिपक्षको मञ्चमा बस्ने भएका हुन् । ‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्षिप्त प्रतिक्रिया दिदै भने ।

सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्धा परिरहेको बेला कांग्रेस बुधबारको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो । उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि संसद सचिवालयमा पनि जानकारी गराईसकेको छ ।

Logo