नेपकम्सले आयोजना गर्यो ‘एडमिसन इन्फो डे’

नेपकम्सले आयोजना गर्यो ‘एडमिसन इन्फो डे’


नेपकम्स सर्भिसेसले ‘एडमिसन इन्फो डे’ आयोजना गरेको छ । १ दिने शैक्षिक मेलमा अवलोकनकर्ताहरुले ४ देशका १६ विश्वविद्यालयहरुले दिदै आएको स्कलरसिप, भर्ना, शुल्क लगायत विषयका बारेमा जानकारी लिएका छन् । विद्यार्थीहरुले शैक्षिक मेलाबाट आफ्नो आवश्यकता अनुसारको सेवा परामर्श लिएको नेपकम्स सर्भिसेसका अपरेसन म्यानेजर हृदयचन्द्र प्रधानले बताए । 

नेपकम्स सर्भिसेस नेपालकै सबैभन्दा पुरानो शैक्षिक संस्थामध्ये एक हो । मेलामा प्लस टु देखि ब्याचलर र मास्टर्स तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । मेलामा सहभागी भएका विद्यार्थीहरुले विभिन्न विश्वविद्यालयहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सर्भिसेसका अपरेसन म्यानेजर प्रधानले बताए । विद्यार्थीहरुले मेलामा विजनेस कोर्स, मेडिसिन कोर्स, आइटी कोर्स र अकाउन्टिङ कोर्सहरुका बारेमा जानकारी लिएका थिए ।

Logo