नामाकरणको खुसीयालीमा कोसी प्रदेशमा आज सार्वजनिक बिदा

नामाकरणको खुसीयालीमा कोसी प्रदेशमा आज सार्वजनिक बिदा


प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाई घोषणा गरेको हो ।बुधबार भएको मतदानमा कोसी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।

Logo