#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31674786972593743998223262211
नेपाल666324291814248061

इजरायलका प्रधानमन्त्रीले घुस खाएको आरोप

जेरुसेलम,

इजरायली महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले आफ्नै प्रधानमन्त्री बेन्जामिन नेतान्याहु माथि घुस लिएको आरोप लगाएका छन् । नेत्यान्याहुले निष्ठा त्यागेर जालझेल समेत गरेको महान्यायाधिवक्ताको आरोप छ ।

आफ्नो निष्ठा त्यागेर धनाढ्य व्यापारीको उपहार लिएको र आफ्नो पक्षमा मिडियामा समाचार लेखाएको आरोप नेतान्याहुमाथि छ । साथै प्रधानमन्त्री पनि कानूनी दायराभित्र आउनु पर्ने भन्दै उनले नेतान्याहुमाथि सजायको माग गरेका छन् ।

नेतान्याहुले भने सरकारी अधिकारीहरु सत्यको पछि नलागेर आफ्नो पछि लागेको भन्दै आरोपको खण्डन गरेका छन् । आफूमाथि ‘कू’ गर्ने षड्यन्त्रको रुपमा यस्तो आरोप लागेको उनको जिकिर छ ।

साथै उनले अनुसन्धानकर्ताहरु माथि नै अनुसन्धान हुनुपर्ने तर्क गरेका छन् । नेतान्याहुमाथि यसअघि पनि गम्भीर प्रकृतिका आरोप लाग्दै आएका छन् ।
एजेन्सी

सम्बन्धित समाचारहरु