युएईविरुद्ध नेपाललाई पाँचाैँ सफलता, सन्दीपले लिए २ विकेट

युएईविरुद्ध नेपाललाई पाँचाैँ सफलता, सन्दीपले लिए २ विकेट


नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई)विरुद्ध पाँचाैँ सफलता प्राप्त गरेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि  ब्याटिङमा उत्रिएको युएई ३७ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको छ । उत्कृष्ट शतक प्रहारतर्फ लम्केका युएईका आशिफ खानलाई खेलको ३५.३ ओभरमा नेपालका स्पिनर सन्दीप लामिछानेले ७२ रनमा क्याच आउट गराएका हुन् । उनको यो खेलमा दोस्रो विकेट हो । त्यस्तै, अलिशान शारफू पनि २ रनमै आरिफ शेखले आउट गराए । 

त्यसअघि पहिलो ओभरको पाँचौँ बलमा ओपनर मुहम्मद वासिमलाई शून्य रनमै करण केसीले आउट गरेका थिए । त्यसपछि १३.४ ओभरमा स्पिनर सन्दीपले यूएईका वृत्य अरविन्दलाई १८ रनमा विकेट पछाडि क्याच गराए । सन्दीप मंगलबार मात्र युएई पुगेका थिए ।

त्यसपछि आशिफ खान र सीपी रिजवानको बढ्दो साझेदारीलाई कुशल मल्लले तोडे । उनले २४.४ ओभरमा कप्तान रिजवानलाई २२ रनमा पेभेलियन फर्काए । 

Logo