एमालेको दाबी- राष्ट्रपतिमा रास्वपाले हामीलाई सघाउँछ

एमालेको दाबी- राष्ट्रपतिमा रास्वपाले हामीलाई सघाउँछ


नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ । 

बिहीवार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप नै रास्वपा सभापति लामिछानेसँग भेट गरेका हुन् । 

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिएका नेम्वाङलाई सहयोग गर्नेकुरा भनाइबाट बुझेको बताए । उनले यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको बताए । 

रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्नेकुरा राखेको उनले बताए ।  

Logo