राष्ट्रपतिमा पौडेलको जित निश्चित छ -प्रदीप पौडेल

राष्ट्रपतिमा पौडेलको जित निश्चित छ -प्रदीप पौडेल


नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा काँग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् । 

बिहीवार काठमाडौंमा भएको ८ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत मागका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गरे ।

उनले अभिमुखीकरण कार्यक्रममा ८ दलका शीर्ष नेताहरुले आफ्ना सांसदहरुलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गरे । उम्मेवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको उनले बताए ।  

सांसद पौडेलले  राष्ट्रपति पद देशको अभिभावकको रुपमा र संविधानको संरक्षकको रुपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भुमिका खेल्नु नहुने बताए । 

Logo