#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30940174960219743132822548627
नेपाल627974011712945267

कृषि विकास बैंक घोटाला: शाखा प्रमुखसहित ८ विरुद्ध मुद्दा, २ अर्ब ७१ करोड विगो दाबी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ गैरकानुनीरुपमा निकालेर हिनामिना गरेको अभियोगमा ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगले ८ जना विरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ विगोदाबीसहित सोमबार मुद्दा दायर गरेको हो ।

मुद्धा दायर गरिएकाहरूमा बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतमसहित उनकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, उक्त बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा र सन्दीप गुप्ता रहेका छन्।

उनीहरूले २०७५ असोजमा कृषि बैंकको स्वयम्भु शाखामा केही दिनको अन्तरालमा चारवटा नक्कली खाता खोलेर उक्त रकम हिनामिना गरिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पत्ता लगाएको थियो। बैंकमा कार्यरत गौतम र पन्तले आफ्नो पासवर्ड प्रयोग गरी उल्लेखित खातामा देशभित्रकै कृषि विकास बैंकका विभिन्न १७ वटा शाखाबाट रकम आएको देखाइ बदनियतरुपमा रकम जम्मा गर्ने गरेका थिए । जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मङ्गलबजार, न्यूरोड, रत्नपार्कलगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रेलगायतका अन्य सात वटा बैंकमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्‍न मितिमा पटकरपटक कुल ३३ करोड ८२ लाख ५७८ भुक्तानी लिई बैंकलाई हानी पुर्‍याएको अनुसन्धानबाट खुलेको थियो ।

रकम जम्मा गर्न स्वयम्भू शाखामा खोलिएका चारवटा नक्कली खाताका अतिरिक्त कृषि विकास बैंककै रत्नपार्क, पुतलीसडक, मङ्गलबजार, सातदोबाटोलगायतका सातवटा शाखामा विभिन्‍न १० वटा नक्कली खाता खोलिएको थियो ।

सम्बन्धित समाचारहरु