एसईईको रजिष्ट्रेसन फारम खुल्यो

एसईईको रजिष्ट्रेसन फारम खुल्यो


 राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ ।

 कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न/भराउन अनुरोध गरेको छ । पनिकाका अनुसार  विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे/नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्नु पर्ने छ ।
 
धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत,वेदविद्याश्रम,गुरुकुल,मदर्सा, गोन्पा) र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुनको लागि फारम भर्नुपर्नेछ । 

फाराम आजदेखि चैत मसान्तसम्म नियमित शुल्क र २०८० सालको बैशाख १५ गतेसम्म दोब्बर शुल्कमा भर्न/भराउन  सक्नेछन । पनिकाको अनुसार अक्षराङ्कन पद्धतिबाट कक्षा ८ पूरा गरेको वा सो सरहको वार्षिक परीक्षामा उत्तीर्ण भएकाले फाराम भर्न सक्नेछन् । २०७२ देखि २०७७ सालसम्मका विद्यार्थीले अनिवार्य विषयमा न्यूनतम डीप्लस ग्रेड र २०७८ सालमा न्यूनतम डी ग्रेड प्राप्त गरेको ग्रेटसिट र जन्म दर्ता प्रमाणपत्र बुझाउनुपर्ने छ।

 

Logo