#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31285832965779745953722860516
नेपाल652764271761147238

लोकतन्त्रको रक्षाका लागि काँग्रेस जित्नुपर्छ : नेता सिंह

file photo

कास्की,

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कास्की क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सकारात्मक सन्देश दिन आम मतदातालाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसको पोखरामा सोमबार आयोजित चुनावी सभामा उहाँले मुलुकलाई लोकतान्त्रिक पद्धति अनुरुप अगाडि बढाउन काँग्रेसले जित्नु जरुरी रहेको बताउनुभयो । नेता सिंहले कालापानी, लिपुलेकको विषयमा सरकार ठोस रुपमा अग्रसर नभएको आरोप लगाउँदै लोकतन्त्रको पक्षमा देश विदेशमा सकारात्मक सन्देश दिन काँग्रेस जित्नु पर्नेमा जोड दिनुभयो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको विषयमा काँग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै विकास र समृद्धिका जति ठूला कुरा गरे पनि नेपाली काँग्रेसकै पालामा बनेको गोरेटोमा मुलुक अघि बढिरहेको उल्लेख गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली काँग्रेसको मुख्य शत्रु भ्रष्टाचार, बलात्कार, हिंसा र लम्पसारवाद भएको भन्दै यसबाटमुक्ति पाउन पनि काँग्रेसले चुनाव जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाली काँग्रेसका नेतृ एवं सांसद विन्दादेवी राना र नेता देवराज चालिसेले यो चुनाव पार्टी–पार्टी, उम्मेदवार–उम्मेदवारबीचको होइन, भ्रष्टाचार विरुद्ध र लोकतन्त्रको रक्षाका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आफूले जनता सामु गरेका वाचा कहिल्यै नभुल्ने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री भीमसेनदास प्रधान, कास्की काँग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला मधु, पोखरा–११ का वडा इकाइ सभापति बोधराज घिमिरे र सचिव वसन्त कोइराला लगायतले बोल्नुभएका थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार