#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31829244976345742183423431065
नेपाल678044361741449954

एक केजी सुनसहित दुई जना पक्राउ

file photo

रसुवा,

गैरकानूनी तवरले रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करिब एक किलोग्राम सुन सोमबार रसुवा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार सुन भित्र्याउँदै गरेको भन्ने सुराकीका आधारमा प्रहरीको विशेष टोलीले रसुवागढी नाकाबाट अवैध कारोवारमा संलग्न दुई महिलासहित करिब एक किलोग्राम सुन नियन्त्रणमा लिएको हो ।

सुन टुक्रा टुक्रा भएका कारण नेपाल बैंकको सुन जाँचकीबाट परिमाण यकिन गराई कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । रसुवागढी नाकाबाट अवैध कारोवार रोक्न नेपाल प्रहरी सक्रिय रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार