#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
ग्वान्जाउ, दक्षिण चीनको औद्योगिक सहर ग्वान्जाउमा रहेका नेपालीहरूले रक्तदान गरेका छन् । ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए, चीन) मिलेर नेपाल भ्रमण वर्षको प्रचार–प्रसारसँगै हालै उनीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । कुल ८८ जना रक्तदातामध्ये ७६ नेपाली थिए भने अन्य विदेशी सहभागी थिए ।एनआरएनए चीनकी उपाध्यक्ष तथा रक्तदान कार्यक्रमकी संयोजक श्रीमती खुश्बू अग्रवालका अनुसार चीनमा व्यवसाय गर्ने नेपाली व्यापारी, साउथ चाइना युनिभर्सिटी, ग्वान्जाउ नानफाङ युनिभर्सिटी र सनयात्सेन युनिभर्सिटी लगायतका विद्यार्थीहरू रक्तदानमा भाग लिएका थिए । ग्वान्जाउस्थित ब्लड बैंक सेन्टरले ३१ हजार ६ सय एमएल रगत संकलन गरेको थियो । नेपालीहरूले औपचारिक रूपमा पहिलो पटक यति ठूलो परिमाणमा रक्तदान गरेको अग्रवालले बताइन् । ‘एनआरएनए चीनले धेरै पहिलेदेखि नै धेरै नेपालीको कर्मभूमि तथा असल छिमेकी देश चीनमा रक्तदान कार्यक्रम गर्ने सोच बनाएको भए पनि यस बेला मात्र यो पवित्र कार्यलाई साइत जु¥यो,’ अग्रवालले भनिन् ।कार्यक्रममा एनआरएनए चीनका तर्फबाट केन्द्रीय सदस्य (आईसीसी) नवीन विक, पूर्वअध्यक्षहरु शंकर ज्ञवाली र बलराम पराजुली, पूर्वउपाध्यक्ष रोहित अग्रवाल, अध्यक्ष प्रदीप निउरे, अर्का उपाध्यक्ष सुशील बेलबासे, महासचिव ओम ज्ञवाली, सचिव तीर्थ पौड्याल, महिला संयोजक सविता बर्तौलासहित कार्यकारी सदस्यहरुको पनि बाक्लो उपस्थिति थियो । नेपाली वाणिज्यदूतावासका तर्फबाट वाणिज्य शाखाका उपसचिव शरद ढुंगानाको उपस्थिति थियो ।

चीनमा नेपालीहरूले गरे रक्तदान

ग्वान्जाउ,
दक्षिण चीनको औद्योगिक सहर ग्वान्जाउमा रहेका नेपालीहरूले रक्तदान गरेका छन् । ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए, चीन) मिलेर नेपाल भ्रमण वर्षको प्रचार–प्रसारसँगै हालै उनीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । कुल ८८ जना रक्तदातामध्ये ७६ नेपाली थिए भने अन्य विदेशी सहभागी थिए ।

एनआरएनए चीनकी उपाध्यक्ष तथा रक्तदान कार्यक्रमकी संयोजक श्रीमती खुश्बू अग्रवालका अनुसार चीनमा व्यवसाय गर्ने नेपाली व्यापारी, साउथ चाइना युनिभर्सिटी, ग्वान्जाउ नानफाङ युनिभर्सिटी र सनयात्सेन युनिभर्सिटी लगायतका विद्यार्थीहरू रक्तदानमा भाग लिएका थिए । ग्वान्जाउस्थित ब्लड बैंक सेन्टरले ३१ हजार ६ सय एमएल रगत संकलन गरेको थियो । नेपालीहरूले औपचारिक रूपमा पहिलो पटक यति ठूलो परिमाणमा रक्तदान गरेको अग्रवालले बताइन् । ‘एनआरएनए चीनले धेरै पहिलेदेखि नै धेरै नेपालीको कर्मभूमि तथा असल छिमेकी देश चीनमा रक्तदान कार्यक्रम गर्ने सोच बनाएको भए पनि यस बेला मात्र यो पवित्र कार्यलाई साइत जु¥यो,’ अग्रवालले भनिन् ।

कार्यक्रममा एनआरएनए चीनका तर्फबाट केन्द्रीय सदस्य (आईसीसी) नवीन विक, पूर्वअध्यक्षहरु शंकर ज्ञवाली र बलराम पराजुली, पूर्वउपाध्यक्ष रोहित अग्रवाल, अध्यक्ष प्रदीप निउरे, अर्का उपाध्यक्ष सुशील बेलबासे, महासचिव ओम ज्ञवाली, सचिव तीर्थ पौड्याल, महिला संयोजक सविता बर्तौलासहित कार्यकारी सदस्यहरुको पनि बाक्लो उपस्थिति थियो । नेपाली वाणिज्यदूतावासका तर्फबाट वाणिज्य शाखाका उपसचिव शरद ढुंगानाको उपस्थिति थियो ।

सम्बन्धित समाचारहरु