#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व333195661002524767503224642010
नेपाल733944771901953898

बूढीगण्डकी आयोजनाको ढिलाइप्रति काँग्रेसको चासो

धादिङ,

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेको छ । आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेका धादिङको खहरे बजार क्षेत्र र गोरखाको आरुघाट, आर्खेतलगायत स्थानीयवासीले असन्तुष्टि व्यक्त गरिरहेको र आयोजना कुन ढाँचामा निर्माण गर्ने भन्ने सम्बन्धी कुनै पनि निर्णय नभएकामा सो पार्टीले चासो व्यक्त गरेको हो ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक हजार २०० मेगावाट क्षमताको सो आयोजनामा भइरहेको ढिलाइले आफूहरुलाई समेत संवेदनशील बनाएको बताउनु भएको छ । आयोजानका लागि रकम जोहो गर्ने भन्दै सरकारले भन्सार बिन्दुमा नै डिजेल र पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाएको छ । सो करबाट कात्तिक मसान्तसम्म ३८ अर्ब रकम जम्मा भएको छ ।

काँग्रेसले बिनाप्रतिस्पर्धा एक विवादास्पद कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिइएको र हालसम्म काम नै शुरु नभएकामा समेत गुनासो गरेको छ । नेपाल आफैँले निर्माण गर्न जरूरी र सम्भव ठहर गरिएको सो परियोजना लामो समयसम्म अलपत्र पर्नु दुर्भाग्यपूर्ण रहेको काँग्रेसको टिप्पणी छ । नेपाली आफैँले बनाउन सक्ने ठहरका साथ अघि बढाउने सङ्कल्प गरिएको र रकमको बन्दोबस्त गर्ने गति अघि बढिसकेको अवस्थामा आयोजनाको भविष्य के हुन्छ भन्ने प्रश्नसमेत काँग्रेसले गरेको छ । प्रवक्ता शर्माले सरकारलाई सोध्नु भएको छ, “अब समग्रमा बूढीगण्डकीको भविष्य के हुन्छ ?”

सम्बन्धित समाचारहरु

ताजा समाचार