#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30581429953564738638822241477
नेपाल615933901738343820

आवश्यक कागज पूरा गरेका यात्रु फर्काइएका छैनन् : अध्यागमन विभाग

काठमाडौं,

श्रम स्वीकृति लगायत आवश्यक कागजी प्रक्रिया पूरा गरेर गन्तव्य मुलुक प्रस्थान गर्न लागेका कुनै पनि यात्रुलाई विमानस्थलबाट नफर्काइएको अध्यागमन विभागले प्रष्ट पारेको छ । श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित प्रक्रिया पूरा गरी गन्तव्य मुलुक हिँडेका केही यात्रुलाई फर्काइएको भन्ने विषयमा कुनै सत्यता नभएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक ईश्वरीराज पौडेलले तोकिएको प्रक्रिया पूरा गरेर आएका यात्रुलाई कुनै रोकतोक नगरिएको बताउनुभयो । “श्रम स्वीकृति लिएका तर आवश्यक कागजात नपुगेकाको हकमा अध्यागमनले फर्काउन सक्छ”, उहाँले भन्नुभयो । त्यसरी फर्काइएको सङ्ख्या भने अत्यन्त न्यून रहेको उहाँको भनाइ थियो । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख दीर्घनारायण पौडेलले पनि आवश्यक कागजात पूरा गरेर आएका यात्रुलाई सहजै यात्रा अनुमति दिइएको बताउनुभयो ।

सरकारले यात्रा अनुमति प्रदानमा कुनै समस्या नआओस् भनेर हालैमात्र सम्बन्धित व्यक्तिले पेश गर्नुपर्ने कागजात सूची सार्वजनिक गरेको छ । “विदेश जाँदा देशगतरुपमा पेश गर्नुपर्ने कागज पूरा गरेमा अध्यागमनले ससम्मान प्रस्थान अनुमति दिने गरेको छ”, प्रमुख पौडेलले भन्नुभयो, “आवश्यक कागजात नपुगेकाको हकमा भने फर्काउनुपर्ने बाध्यता हुन्छ ।”

श्रम भिसामा जाने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, गन्तव्य मुलुकसम्म पुग्ने ‘बोडिङ पास’, श्रम स्वीकृतिको अवधि कम्तीमा ९० दिनको भएको कागजात पेश गर्ने व्यक्तिलाई कुनै रोकतोक नगरिने अध्यागमन विभागले जनाएको छ । तालीम कार्यक्रममा जाने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, ‘बोर्डिङ पास’, द्वितर्फी हवाई टिकट, ‘स्पोन्सर लेटर’, आमन्त्रण पत्र तथा सम्बन्धित संस्थाको परिचयपत्र देखाउनु पर्नेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार