#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32007196979191746653523561470
नेपाल678044361741449954

एनसेलको रिचार्जमा चमत्कार योजना सार्वजनिक

काठमाडौं,

एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही २ लाख नगद पुरस्कार जितेका छन् ।

आफ्नो ग्राहक लोयल्टी योजना अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरुलाई एनसेलले शुक्रबार (मंसिर १३, ०७६) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन सक्नेछन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजना संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणको लागि यदि कुनै ग्राहकले ३५० रिचार्ज गर्छ भने उसले तीन विशेष कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विशेष कोडहरु पाउँछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकहरुका लागि कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ ।

यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

सम्बन्धित समाचारहरु