राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदाताले कुन बोक्ने परिचयपत्र ?

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदाताले कुन बोक्ने परिचयपत्र ?


निर्वाचन आयोगले आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताले लिएर जानुपर्ने परिचयपत्रबारे निर्णय गरेको छ । 

एक सातापछि २५ फागुनमा  राष्ट्रपति पदको ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार मतदान गर्न जाँदा मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित् संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र,  निर्वाचन अधिकृतबाट सम्बन्धित् सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर जानुपर्नेछ । 

आयोगको विज्ञप्ति-

मितिः २०७९ फागुन १९ गते

संवत् २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र २०७९ चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगबाट निर्णय भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था छ ।

दुबै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।

शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्ता

Logo