बिग सीजी डे २.३.२३ योजना सार्वजनिक

बिग सीजी डे २.३.२३ योजना सार्वजनिक


चौधरी ग्रुप अन्तर्गत सिजी डिजीटल ई. कमर्सले विगतमा जस्तै बिग सिजी डे २.३.२३ योजना फेरि पनि ल्याएको छ । बिग सिजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा सिजी डिजीटल ई कमर्सले मनाउँदै आएको पनि जानकारी गराएको छ ।

यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यही मार्च १० गते सम्म उपलब्ध हुनेछ ।

यस योजनामा निशुल्क जडान, फ्रि-डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट र सरल किस्ताबन्धी, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरुलाई १२५ सम्मको थप बिशेष छुट जस्ता बिशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको छ । 

बिग सिजी डे २.३.२३ मा सि.जी ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स, सि.जी. फुड्स, सि.जी. नेट, सि.जी. हिल्स्, सि.जी. एजुकेशन, सि.जी. हस्पिटालिटीका विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको छ ।

Skip This
Logo