#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31418363967633744259723008133
नेपाल652764271761147238

घरेलु महासंघ र सीटीइभिटीबीच सम्झौता

काठमाडौं,

लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सीपमूलक तालिम सञ्चालन गर्नका लागि पाठ्यक्रम तथा सीप प्रमाणित निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ ।

सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धी यो सम्झौतामा महासंघका अध्यक्ष श्यामप्रसाद गिरी र सीटीइभिटीका सदस्यसचिव डा. पुष्परमण वाग्लेले हस्ताक्षर गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा संघ÷प्रदेश÷स्थानीय तहमा जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन गर्ने, सीप विकास तालीम तथा क्षमता अभिबृद्धि कार्यक्रमहरू सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

त्यस्तै सम्झौतामा तालिम प्रदायक शिक्षण संस्थाहरु मार्फत कार्यस्थलमा आधारीत सीपमुलक तालिम सञ्चालनमा सहयोग गर्ने तथा सदस्य उद्योगलाई सीप प्रशिक्षण प्रकृया, दायित्व तथा जिम्मेवारी बारे अभिमुखीकरण प्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै महासंघले उद्योग पहिचान गर्न सहयोग गर्ने तथा तालीम सञ्चालन गर्न आवश्यक देखिए नितिगत सुधारका लागि सम्बन्धित निकायमा पहल गर्ने पनि उल्लेख गरिएको छ ।

सम्झौतामा महिला तथा युवाद्वारा सञ्चालित उद्यम व्यवसायमा आवश्यक सीप उपलब्ध गराई रोजगारीको सुनिश्चितता गर्ने तथा उद्योगको स्तरोन्नती हुने र बेरोजगारीको समस्या कम हुँदै जाने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु घरेलु तथा साना उद्योगहरुमा सीपयुक्त जनशक्ति नभएसम्म यस्ता उद्योग फस्टाउन नसक्ने बताउनुभयो ।

त्यस्तै सीटीइभिटीका सदस्य सचिव वाग्लेले सम्झौता कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिनुभयो । उद्योग र त्यसमा काम गर्ने कामदारका लागि सम्मानजनक रुपले काम गर्ने वातावरण बनाउन सम्झौताले भूमिका खेल्ने उहाँको भनाई थियो ।

सम्बन्धित समाचारहरु