लमजुङ सेवा समिति हङकङद्धारा सामाजिक सेवामा ६५ लाख वढी खर्च

लमजुङ सेवा समिति हङकङद्धारा सामाजिक सेवामा ६५ लाख वढी खर्च


लमजुङ सेवा समिति हङकङले समाजिक सेवामा ६५ लाख बढी खर्च गरेको छ । 

रोजगारीको सिलसिलमा हङकङमा बस्दै आएका लमजुङहरुको सस्थां लमजुङ सेवा समिति हङकङले स्थापना कालदेखि हालसम्म अर्थात ९ वर्षको अवधिमा जिल्लामा भिन्न सामाजिक कार्य तथा सेवामा ६५ लाख ५० हजार ७ सय ६९ रुपैया खर्च गरेको हो । हङकङमा रहेको लमजुङे संगठित भई १९९८ मा स्थापना भएको सेवा समितिले गृह जिल्लामा तमू संग्रहालय भवन निमार्ण देखि, खेलकुद, शिक्षा, स्वास्थ्य, विपद लगायतको क्षेत्रमा सहयोग गरेका छन्  । 

लमजुङ सेवा समिति हङकङले समितिमार्फत र जिल्लामा स्थापना गरेको सम्पर्क समितिमार्फ सहयोग गर्दै आएको छ । समितिमार्फत सिधै ४० लाख ५ हजार रुपैयाँ र समितिले स्थापना गरेको अक्षयकोषबाट सम्पर्क समितीमार्फत २५ लाख ४५ हजार ७ सय ६९ रुपैयाँ समाजिक कार्यमा खर्च गरेको लमजुङ सेवा समिति हङकङका अध्यक्ष श्यामकुमार गुरुङले बताए। समितिले लमजुङको  बेंसीसहरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया गरी पछिल्लो ९ वर्षमा गरेको कामबारे जानकारी गराएको छ । 

समितिले २०७० मा १५ लाख बाट सुरु गरको अक्षयकोषमा हाल ४४ लाख पुगेको जनाएको छ । अक्षयकोषबाट प्राप्त व्याज सामाजिक सेवामा खर्च गर्दै आएको समितिले हालसम्म १ सय ८ जनालाई आर्थिक सहयोग मात्र १३ लाख ४२ हजार ५ सय रुपैया प्रदान गरेको छ । जसमध्ये उपचारको लागि ८२ जना, आगलागि पिडित २ जना, १३ जनालाई छात्रवृत्तिमा सहयोग गरेको हो । 

२०७३ भदौ १७ गते खुदी स्रोत केन्द्र अन्तर्गत विद्यालयका प्रधानाध्यापक र व्यवथापन समितिका अध्यक्षलाई २ दिने प्रशंसात्मक खोज सम्बन्धी तालिम आयोजना गर्दा १ लाख १६ हजार ९ सय ९५ रुपैयाँ खर्च भएको छ । त्यस्तै सम्पर्क समितिले  बिभिन्न समयमा विभिन्न स्थानामा १८ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा  ५ लाख ८८ हजार ६८ रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । 
 

Logo