#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31504322969752740255823132012
नेपाल652764271761147238

प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न, केही दिन अस्पतालमै बस्नुपर्ने

फाइल फोटो
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीको  महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको हो ।
प्रधानमन्त्री ओलीको  डाक्टर रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शल्यक्रिया गरेका हुन् । शल्यक्रियापछि केही दिन अस्पतलामै बस्नुपर्ने बताएको छ ।  प्रधानमन्त्री ओली पेट दुखेपछि मंगलबार विहान सेन्टरमा भर्ना भएका थिए ।
यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा चार पटक डायलाइसिस गरिएको थियो । पछिल्लो पटक ओलीको गत आइतबार ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो ।
ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार