शंखमूलकाे एक कफी शपको छैटौँ तलाबाट हाम फालेका थिए माधव नेपालका भाइले

शंखमूलकाे एक कफी शपको छैटौँ तलाबाट हाम फालेका थिए माधव नेपालका भाइले


नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका भाइ सरोज कुमार उपाध्यायले शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौँ तलाबाट हाम फालेको खुलेको छ ।

काठमाडौंको शंखमुलस्थित बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको झ्यालबाट उनी खसेको रेष्टुरेन्ट सञ्चालक रञ्जित कुमार यादवले बताएका छन् । उपाध्याय केही दिनदेखि नियमित रूपमा बिहान साढे १० बजेतिर आउने र कफी अर्डर गर्ने गरेका थिए । काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले कफी शपको छैटौँ तलाबाट खसेको भन्दै त्यसबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए । उपाध्यायको अवस्था निकै जटिल रहेको तर अस्पतालले नै आधिकारिक जानकारी दिने कार्कीले बताए ।

कफी शपका सञ्चालक यादव अनुसार तीन दिनदेखि उपाध्याय त्यहाँ जाने गरेका थिए । उनी जहिले पनि छतमै बस्ने गरेको भन्दै आज एक्कासि हाम फालेको बताए । उनले रेष्टुरेन्टको एम्बियस राम्रो लागेर आउने गरेको बताएका थिए ।

Logo