कौटिल्य ग्लोबल स्कूलद्वारा ‘स्प्रिङ फेस्टिभल कम ओपन हाउस प्रोग्राम’ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलद्वारा ‘स्प्रिङ फेस्टिभल कम ओपन हाउस प्रोग्राम’ सम्पन्न


कौटिल्य ग्लोबल स्कूलले ‘स्प्रिङ फेस्टिभल कम ओपन हाउस प्रोग्राम’ सम्पन्न गरेको छ ।  शुक्रबारदेखि सञ्चालन भएको कार्यक्रम शनिबार पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् सांसद मोहन कुमार बस्नेतको प्रमुख आत्थ्यितामा कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रम विद्यार्थीहरुको क्षमता प्रदर्शन गर्नको लागि गरिएको हो । कार्यक्रममा बोल्दै मोहन बस्नेतले बालबालिकालाई उचित समय दिन सक्यो भने बालबालिकालाई तनाव हुनबाट बचाउन सकिने बताएका छन् । त्यस्तै, उनले बालबालिकाको मनोविज्ञान बुझेर, अथवा इच्छाअनुसार पढ्न दिने समेत बताएका छन् । उनले शिक्षाको विकासका लागि शिक्षक अभिभावक र विद्यार्थी एक भएर सहयोग गर्नु पर्ने र यस्तो नगरेमा शिक्षा क्षेत्रमा विकास नहुने समेत बताएका छन् ।

त्यस्तै, स्कुलका प्रिन्सिपल विडि निरौलाले अभिभावकले बच्चाको कुरा बुझेर मात्र बच्चा पढाउनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘ हामीले हाम्रो आजका विद्यार्थीलाई भविष्यमा कस्तो शिक्षा दिन्छौं भनेर निर्णय गर्न सकेनौं भने भोली हाम्रो एजुकेशन खस्किदै जाने छ । पहिले शुरुमा हामीले जब एजुकेशन चलाउथ्यौं त्यहाँ मास्र्क एजुकेशन हुन्थ्यो । हामीले कक्षामा विद्यार्थीलाई जे सिकायौं त्यसैमा विद्यार्थीलाई डेभलप गर्न मद्दत गरेका छौं । हामीले विभिन्न करिकुलर एक्टिभिटी पनि राखेका छौं ।’ 

कौटिल्य ग्लोबल स्कूल तिनकुनेमा करिब ३० वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

Logo