#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30991302961461744201522587826
नेपाल627974011712945267

लोकतन्त्रमा वंशको राजनीति मान्य हुँदैन : कांग्रेस सहमहामन्त्री

file photo

पोखरा,

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व परराष्टमन्त्री डा. प्रकाशशरण महतले लोकतन्त्रमा वंशको शासन मान्य  नहुने बताएका छन् । मंगलवार पोखरामा आयोजित विभिन्न चुनावी सभालाई सम्वोधन गर्दै महतले पोखरामा खेमराज पौडेललाई जिताएर बंशको राजनीति गर्नेहरुलाई जवाफ दिनु पर्नेमा जोड दिए। सहमहामन्त्री महतले कम्युनिष्ट नेतृत्वको दुई तिहाइको केपि ओलि नेतृत्वको सरकार काण्डै काण्डले बदनाम भएको समेत बताए ।

जनताको दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनताका काम गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको महतको आरोप थियो । देशमा हत्या, हिंसा, लुटपाट मच्चाउन उद्त सरकारले राष्ट्रियतालाई पनि धरापमा पारेको उनले टिप्पणी गरे ।

सरकारका काम एक पछि अर्को गर्दै अधिनायकवाद उन्मूख भएको र यो सरकारलाई सही बाटोमा ल्याउन आगामी उपनिर्वाचनमा कास्कीसहित देशका सबै ठाउँमा कांग्रेसलाई जिताउनु पर्ने सहमहामन्त्री महतले जिकिर गरे ।

यो सरकार लोकतन्त्र प्रति नै अनुदार रहेकोले यसले जनताको भावनाको कदर गर्न नसक्ने पनि उनले बताए । वर्तमान सरकार नेपालीको नजरमा मात्र नभएर अन्तर्राष्ट्रिय मामलामा समेत चुकेको कांग्रेस सहमहामन्त्री महतको निष्कर्ष छ। उनले देशको सीमाना मिचेर भारतले नक्सा जारी गर्दा समेत सरकार निदाएर वसेको आरोप लगाए ।

नेपाली कांग्रेस उपनिर्वाचन वुथ उपसमिति क्षेत्र नं २ कास्कीद्वारा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री महतले मत परिणाम नआउँदासम्म कांग्रेसका नेता कार्यकर्ता सक्रिय हुन निर्देशन समेत दिए । वर्तमान सरकार जनतावाट वहिस्कृत भैसकेको अवस्थामा निर्वाचनमा कव्जाको रणनीति अबलम्वन गर्ने खतरा रहेको औंल्याउँदै उनले वुथ कमाण्डरहरु सचेत रहन आग्रह गरे। उनले दवाव, प्रभाव र प्रलोभनमा नपरी आफ्नो दायित्व निर्वाह गर्न वुथ कमाण्डरहरुलाई सुझाव समेत दिए।

कांग्रेस सहमहामन्त्री डा महतले कास्कीका जनताले कांग्रेस उमेद्वार खेमराज पौडेललाई जिताएर सरकारको गलत रवैयाको भण्डाफोर गर्ने अवसर आएको प्रष्ट पारे। कांग्रेस सहमहामन्त्री महतले पोखरा ८ मा आयोजित घरदैलो कार्यक्रममा पुगेर कांग्रेस उमेद्वार खेमराज पौडेललाई विजयको शुभकामना पनि दिएका थिए ।

सम्बन्धित समाचारहरु