गुजरातमाथि मुम्बईको शानदार जीत

गुजरातमाथि मुम्बईको शानदार जीत


महिला प्रिमियर लिग (डब्लूपीएल)को पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात जायन्ट्सलाई १ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको २ सय ८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा गुजरात मात्र ६४ रनमा अलआउट भएको हो ।

गुजरातलाई सस्तोमा समेट्न साइका इशाकेले ४ विकेट लिइन् भने न्याट स्काइभर र अमेलिया केरले २–२ विकेट लिइन् । गुजरातकी कप्तान बेथ मुनी रिटायर्ट हर्ट भएको खेलमा दायालन हेमालथाले २८ बनाइन् । उनीबाहेक मोनिका पटेलले १० रनको योगदान दिइन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यसअघि कप्तान हरमनप्रित कौरको ६५ तथा अमेलिया केरको ४५ रनको मद्दतले मुम्बईले ५ विकेटको क्षतिमा २ सय ७ रन बनाएको थियो । हेली म्याथ्युजले ४७ रन तथा न्याट स्काइभरले २३ रनको योगदान दिइन् ।

Logo