सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु

सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु


सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हो। 

नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो । उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको कारोबार खुला भएको हो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड १० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । 
 

Logo