प्राधिकरणले थप ४ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने

प्राधिकरणले थप ४ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने


नेपाल विद्युत प्राधिकरणले थप ४ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न टेण्डर आह्वान गरेको छ । 

बढ्दो विद्युतीय गाडी आयातलाई मध्यनजर गर्दै प्राधिकरणले उपत्यकामा सामाखुसी र वल्खु तथा वाहिर मुग्लिन र वर्दिवासमा चार्जिङ स्टेशन निर्माण गर्न टेण्डर आह्वान गरेको हो । 

यसअघि प्राधिकरणले देशका विभिन्न ५० स्थानमा चार्जिङ पूर्वाधार विस्तारका लागि धमाधम काम अघि बढाइरहेको छ । यी चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी रहेको र कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुनसक्ने प्राधिकरणले दाबी गरेको छ ।  

Logo