#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31828638976341742206423430233
नेपाल678044361741449954

उपनिर्वाचन: आजदेखि मौनअवधि शुरु, दलहरु अन्तिम दौडधुपमा

काठमाडौं,

मंशिर १४ गते हुने उपचुनावको लागि आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ । जसका लागि राजनितिक दलहरु आज दिनभर चुनावी प्रचारमा व्यस्त हुँदैछन् ।

प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २ तथा प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुँदैछ । यस्तै पालिका अन्तर्गत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पदका लागि १४ गते नै उपचुनाव हुनेछ ।

उपचुनावलाई दलहरुले जनमत परीक्षणको रुपमा लिएका छन् । उपचुनावको लागि आवश्यक सबै तयारी पूरा भैसकेको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचारहरु