प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा

प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा


सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा ल्याएको छ । लोकप्रिय “होली चाड” लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार  गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियर भन्दा नयाँ र रिफ्रेशिङ्ग भएको कम्पनीले जनाएको छ ।  

“फर द वन हु डेयरस्” नारामा लन्च भएको सो बियरमा ६% अल्कोहल रहेको कम्पनी ले जनाएको छ । यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने विश्वास कम्पनी लिएको छ । अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरूले नयाँ नयाँ स्वादका बियर रुचाउने गर्दछन् । 

हिमालयन बियर ३३० एम.एल. र ६५० एम.एल. बोतलमा उपलब्ध हुनेछन् । यस बियरको ६५० एम.एल.को बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एम.एल.को बोतलको मूल्य १६५ रुपैयाँ कायम गरेको छ ।  

Logo