जेलबाट निस्केपछि अभिनेता पल शाहकाे पहिलो स्टाटस लेख्छन् : ‘कोही कसैको दोष नभएर दोष समयको थियो’

जेलबाट निस्केपछि अभिनेता पल शाहकाे पहिलो स्टाटस लेख्छन् : ‘कोही कसैको दोष नभएर दोष समयको थियो’


जेलबाट निस्केपछि अभिनेता पल शाहले सामाजिक सञ्जालमा पहिलो स्टाटस लेख्दै आफ्नो भावना व्यक्त गरेका छन् । बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयका रुपमा लिएको उनको भनाइ छ ।

मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको पलले बताएका छन् । केवल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य रहेको भन्दै उनले एक वर्षको घटनासँग जोडिएका सम्पूर्ण व्यक्तिहरुमा सदा सम्मान र सद्भाव रहने पनि उल्लेख गरेका छन् ।

‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध कसैलाई गालीगलौज र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।’ आफू सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको पलले बताएका छन् ।

‘मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइमात्र होइन हजारौं दर्शकको भीड देख्दा म मात्तिएको छैन । बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ । त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई आभार प्रकट गर्दछु’, पलले भनेका छन् ।

Logo