#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30652084955187738782722309070
नेपाल615933901738343820

बैंकले सहुलियत कर्जा नदिए अर्थमन्त्रालयमा उजुरी गर्नुहोस् : अर्थमन्त्री

file photo

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताएका छन् । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६ को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारीता नभएको बताएका हुन् । उनले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिंदा कुनै उपलब्धी नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने बताउँदै त्यसका लागि सरकारले अनुदान सम्बन्धी नीतिमा पुनरावलोकन गर्न लागेको समेत बताए ।
अर्थमन्त्री खतिवडाले युवालाई स्वरोजगार बनाउन बैंक मार्फत ब्याज अनुदानमा कर्जा उपलब्ध गराइएको उल्लेख गर्दै त्यसको सही सदुपयोग गर्न समेत आग्रह गरे । प्रकृया पुगेपछि पनि बैंहरुले कर्जा नदिए त्यसको उजुरी अर्थमन्त्रालयमा गर्ने आग्रह थियो । कार्यक्रममा बैंकहरुले सरकारले कर्जाको सुरक्षा हुनेगरी व्यवस्था गरे सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन कुनै समस्या नरहेको बताए । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले युवाहरुलाई सहुलियत पूर्ण कर्जा समयमै तिरी असल ऋणी र उद्यमी बन्न प्रेरित गर्न सकेमात्र यस्तो कर्जाको प्रभावकारीता बढ्ने बताए । यसअघि सरकारले विभिन्न ७ शिर्षकका कर्जामा ५ देखि ६ प्रतिशत सम्म अनुदान दिने व्यवास्था गरेको थियो । तर सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७६ को दोश्रो संशोधनमा थप २ शिर्षक कपडा उद्योग र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिने तालिमका लागि समेत सहुलियत ब्याज अनुदानमा कर्जा दिने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार