चिनियाँ दूतावासको गाडी एक वर्षदेखि नियन्त्रणमा

चिनियाँ दूतावासको गाडी एक वर्षदेखि नियन्त्रणमा


चिनियाँ दूतावासको गाडी एक वर्षदेखि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा राखेको छ।

रसुवा नाकाहुँदै सामान तस्करीमा गाडी प्रयोग भएको भन्दै विभागले दूतावासको गाडी नियन्त्रणमा लिएको हो। तर, यसमाथि विस्तृत अनुसन्धान भने हुन सकेको छैन्। चिनियाँ नम्बर प्लेटकै गाडी विभागको परिसरमा रहेको छ। स्रोतका अनुसार गाडीभित्र बहुमुल्य सामानहरु भेटिएका थिए। तर, यसमा दबाबको भरमा विस्तृत अनुसन्धान हुन सकेको छैन्। 

टोयोटा ब्रान्डको सो गाडीबाट पटक–पटक तस्करी हुने गरेको सूचनाका आधारमा विभागले नियन्त्रणमा लिएको थियो। यसमा दूतावासकै कर्मचारीको संलग्नता हो वा कसैले निलो नम्बरप्लेट राखेर तस्करीमा प्रयोग गरेको समेत खुल्न सकेको छैन्। दूतावासका कर्मचारीलाई कतिपय सामानमा भन्सार छुटको सुविधा समेत हुने गरेको छ। त्यस्तो छुटको दुरुपयोग गरी कतिपयले भने तस्करी समेत गराउँदै आएका छन्। केही ठूला देशका दूतावासले ट्रकका ट्रक सामान आयात गर्दछन् । हाम्रो राज्य प्रशासन यति निरीह छ कि त्यसमा के–के आउँछ भन्नेसमेत थाहा हुने गरेको छैन्।

Logo