छिमेकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छिमेकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

छिमेक लघुवित्तको चैत १० गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभामा कम्पनीले कुल २५.२६ प्रतिश लाभांश वितरण गर्नेछ । लघुवित्तले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर २२ प्रतिशत र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्ने छ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने कम्पनीले जनाएको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको छ।

फागुन २४ गते नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् । 
 

Logo