#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30395672951306737686722067499
नेपाल615933901738343820

जनजाति, महिला र दलित पनि प्रधानमन्त्री हुनेछन्ः दाहाल

File Photo

धरान,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताउनु भएको छ ।

नेकपा निर्वाचन परिचालन कमिटी धरानले बुधबार आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसले नेकपालाई बदनाम गराए आफैं सकिने बताउनुभयो । “नेपालको विकास कम्युनिष्टले गर्छ । अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन्”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले महिला राष्ट्रपति, जनजाति उपराष्ट्रपति, महिला सभामुख बनाइसकेका छौँ , अब महिला, जनजाति र दलित प्रधानमन्त्री बनाउने पालो छ ।” सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता भीम आचार्य, नगर प्रमुखका उम्मेदवार प्रकाश राईलगायतले बोल्नुभएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार