#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33040705998171764805124394483
नेपाल718214671834153013

पोखरा विमानस्थलको ५२ प्रतिशत निर्माण सम्पन्न

पोखरा,

पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलबाट सन् २०२१ देखि हवाई उडान गर्नको लागि थप १ सय ४८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ । पोखराबाट हवाई उडान (फ्लाइट) का लागि अत्यावश्यक दक्षिणपूर्वीतर्फ १०६ रोपनी र उत्तरपूर्वीतर्फ भने करिब ४२ रोपनी गरी १ सय ४८ रोपनी जग्गा आवश्यक भएको पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल आयोजना प्रमुख विनेस मुना नकर्मीले बताए ।

पोखरा विमानस्थल निर्माण भएसँगै सन् २०२१ बाट हवाई उडान गर्नका लागि थप जग्गा आवश्यक भएकाले उक्त जग्गा अधिग्रहणको लागि प्रक्रियासमेत अघि बढाइएको प्रमुख मुना नकर्मीले बताए । क्याबिनेट बैठकले समेत केही दिन उक्त जग्गा अधिग्रहण गर्ने निर्णय भएकाले अब छिट्टै प्रक्रियामा जाने आफूहरूले तयारी गरेको उनले बताए ।

उनका अनुसार उक्त जग्गाभित्र करिब १६ घर परेका छन् । हवाई उडान गर्नका लागि इकुमेन्ट सहितको सामग्रीहरू रन वेभन्दा केही खुला तथा टाडा राख्नुपर्ने भएकाले उक्त जग्गा आवश्यक भएको भन्दै आफूहरूले अधिग्रहण गर्न प्रस्ताव पेस गरिएको प्रमुख मुना नकर्मीले जनाए ।

१ किलोमिटर लम्बाइ र ३ सय ३० मिटर चौडाइको जमिन आवश्यक भएको उनले बताए । भविष्यलाई हेरी थप सुरक्षित र व्यवस्थित पार्न केही जग्गासमेत आवश्यक हुने उनको भनाइ थियो ।

पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ५२ प्रतिशत सम्पन्न भएको प्रमुख मुनानकर्मीले बताए । सन् २०२१ जुलाइ १० भित्र उक्त परियोजना सक्ने गरी हाल पोखरा विमानस्थल निमार्णको काम धमाधम भइरहेको उनले जनाए ।

हालसम्म फाउन्डेसन, रनले, ट्याक्सी वे, ह्याङगर, ड्रेन सहितको धेरै भौतिक संरचना निर्माण भएको बताएका प्रमुख मुना नकर्मीले १४ वटा भवनहरू मध्ये ११ वटा भवन निर्माण कार्य सम्पन्न भएको जनाए ।

आउँदो जनवरीभित्र बाँकी रहेको भवन, केही भवनमा छानो हाल्ने कामहरू सकिने भएको उनले बताए । उनका अनुसार टावर भवनको हाल छैटौं तलाको काम भइरहेको छ भने कार्यालय भवनको तेस्रो तलाको काम हुँदैछ, टर्मिनल भवनमा छानो छाउने काम भइरहेको छ । त्यसैगरी केही भवनमा प्लास्टर गर्ने र झ्याल ढोका राख्ने कामसमेत तीव्र गतिमा हुँदै गरेको प्रमुख मुना नकर्मीले बताए ।
कारोबारबाट

सम्बन्धित समाचारहरु