‘इनफ इज इनफ’ का अभियान्ताहरुद्वारा महेन्द्र पुलिस क्लब अगाडि प्रदर्शन

‘इनफ इज इनफ’ का अभियान्ताहरुद्वारा महेन्द्र पुलिस क्लब अगाडि प्रदर्शन


काठमाडौं ।

गृह मन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियान्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडि धर्ना दिएका छन् ।

सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना पक्राउ परेका थिए । अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अभियन्ताहरुले पुलिस क्लब अगाडि धर्ना दिएका हुन् । पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन् ।

प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ । अभियन्ताहरुले पीसिआर परीक्षणको दायरा बढाउनु पर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्ने भन्दै देशैभरि विभिन्न स्थानमा अनशन, विरोध गर्दै आएका छन् । असार २३ गते अभियान्ताहरुले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता सरकारले जनाएको थियो ।

Logo